लेक लागि बेहोस भएका तीन जनाको उद्धार -
Comments Add Comment

लेक लागि बेहोस भएका तीन जनाको उद्धार

२८ साउन काठमाडौ । रसुवाको गोसाइकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तीर्थयात्रा गरी घर फर्कने क्रममा लेक लागि बेहोस भएका तीन जनाको २७ साउनमा सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बेहोस हुनेहरूमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका-८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका- ११ बस्ने २० वर्षीय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका-३ बस्ने १० वर्षीय निर्जीव दुवाडी छन् ।

सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरूलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै