Comments Add Comment

Advertisment

SKIP THIS

मिथिला शर्माद्वारा कलाकर्मीलाई पुरस्कार प्रदान

७ साउन , काठमाडौ । अभिनेत्री तथा कुशल नृत्य कलाकार मिथिला शर्मा बोहराले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरुलाई गुरु दक्षिणास्वरुप उनीहरुको नाममा पुरस्कार स्थापना गरी नगद राशीसहित कलाकर्मीलाई प्रदान गरेकी छन् ।

शर्माले आइतबार गुरु पुर्णिमाको अवसर पारेर राजधानीमा एक कार्यक्रम आयोजना गरि सो पुरस्कार प्रदान गरेकी हुन् ।

नेपाल प्रज्ञा प्रष्ठिानमा सम्पन्न कार्यक्रममा मिथिलाले आफ्ना गुरु संगीत साधक स्व. गोपाल योञ्जनको नाममा स्थापित गोपाल योञ्जन संगीत साधना पुरस्कार संगीतकार शिला बहादुर मोक्तानलाई प्रदान गरिएको छ ।

त्यसैगरी फिल्म लेखक, निर्देशक तथा गीतकार स्व। चेतन कार्कीको नाममा स्थापित चेतन कार्की गीती वाङमय पुरस्कार गीतकार श्रीपुरुष ढकाललाई प्रदान गरिएको छ । हास्य जोडी स्व। राजपाल थापा र स्व। ध्रुवरत्न हाडाको नाममा स्थापित हाडा एण्ड पाल हास्य वाङमय पुरस्कार हास्यव्यग्य जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ ।

स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा सहभागी हुन नसकेका हरिवंशको पुरस्कार भने उनका छोरा मोहित आचार्यले ग्रहण गरेका थिए । समारोहमा पुरस्कार प्रमूख अतिथि पूर्वप्रहरी महानिरीक्षक दूर्लभकुमार थापा, अभिनेता नीर शाह, अभिनेत्रीहरु बसुन्धरा भूसाल, चैत्यदेवी, मिथिला शर्मा, गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जन, चेतन कार्कीकी पत्नी गंगा कार्की, ध्रुवरत्न हाडाकी पत्नी मोहीनी हाडा र राजपाल थापाको छोरा कपिल थापालगायतले सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी कलाकारको तर्फबाट गुरु वन्दना नृत्यले स्वागत गरेका थिए । समारोहमा पूर्वप्रहरी महानिरिक्षक दूर्ल कुमार थापाले पूर्व प्रहरी कलाकारहरुको संगठन नेपाल पूर्व प्रहरी कलाकार संघको उद्धघाटन गरेका थिए । संघमा क्षेत्रबहादुर गुरुङ संस्थापक संरक्षक, मिथिला शर्मा बोहरा वरिष्ठ सल्लाहकार र रामबहादुर थापा संस्थापक अध्यक्ष रहेका छन् ।

संस्थापक संरक्षक क्षेत्रबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको समारोहमा बोल्दै अभिनेत्री मिथिला शर्मा बोहराले अग्रजले कला साहित्य संगीत, नृत्य हास्यलगायतका विधामा रचेको ईतिहासलाई अगाडि बढाउने वाचा गरिन् । उनले विगतको दिन सम्झँदै भनिन्, ‘मेरो कलाकारिताको यात्रा महेन्द्र पूलिस क्लबको स्टेजबाट ९-१० वर्षको उमेरमा भएको थियो ।

त्यति बेला राजपाल थापा, ध्रुव हाडा, चेतन कार्कीलगायत मेरो गूरु मात्र नभई मार्गदर्शक पनि हुनुहुन्थ्यो । अझ चेतन सर त मार्गदर्शकका साथै अभिभावक पनि हुनुहुन्थ्यो।

आज उहाँकै कारणले तीन मिनेटको गीतले तीन दशकसम्म यात्रा गर्न सफल भएकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै