२९ साउन , काठमाडौ । टिभी हेर्ने तरिका मानिसपिच्छे फरक-फरक हुनसक्छ । बालबच्चा स्वभावैले टिभी नजिक बस्न रूचाउँछन् । त्यस्तै कम सुन्ने, देख्ने बुढापाका आमा बुबाहरू पनि नजिकै गएर टिभी हेर्ने गरेको पाउँछौं । कतिपय युवा उमेर समूहका मानिसहरू पनि टिभी हेर्न सकभर नजिकै जान्छन् । तर हामीमध्ये धेरैलाई नजिकबाट टिभी हेर्न हुन्न, आँखामा समस्या आउँछ, टाउको दुख्छ भन्ने सोच छ । उसाे भए टिभी हेर्ने उत्तम तरिका के हाे त ? कति टाढा बसेर टिभी हेर्ने ? वास्तवमा कति टाढाबाट टिभी हेर्दा उपयुक्त हुन्छ भन्ने कुराको कुनै निश्चित मापदण्ड नै छैन । फरक-फरक व्यक्ति र संस्थाले यस विषयमा आफ्नो धारणा राखेका छन् । समग्रमा हेर्दा भने टिभी हेर्दा बस्ने दूरी टिभीको आकारमा नै निर्भर गर्छ । यस विषयमा अमेरिकास्थित ‘सोसाइटी अफ मोसन पिक्चर एन्ड टेलिभिजन इन्जिनियर्स’ले एउटा मापदण्ड बनाएको छ । सो मापदण्ड अनुसार टिभीको डिस्प्ले साइजलाई ३० डिग्रीको एंगलबाट हेर्दा सो एंगलको १.६२ गुणाको दूरीमा बसेर टिभी हेर्नु उचित हुन्छ । अर्थात् ५५ इन्चको टिभी हेर्दा ७.५ फिट पर बसेर टिभी हेर्नु उपयुक्त हुन्छ । अन्य आकारका टिभीका लागि तल उल्लेख गरिएको छ । त्यसैगरी अडियो/भिडिओको क्षेत्रमा उच्च मापदण्ड निर्धारण गर्ने चर्चित कम्पनीको रुपमा परिचित टीएचएक्सले भने प्रयोगकर्ताको लागि टिभी हेर्ने दूरी टिभीको आकार अनुसार अधिकतम र न्यूनतम दूरीमा छुट्टाएको छ । माथि दिइएको दुई कम्पनीहरुको दूरी टिभीका लागि मात्र नभई सिनेमालाई पनि लक्षित गरी बनाइएको मापदण्ड हो । टिभी हेर्ने दूरी मापदण्ड तयार गर्ने कम्पनीमा सोनी पनि एक हो । सोनीले टिभी हेर्नको लागि आवश्यक आफ्नो एउटा छुट्टै मापदण्ड तयार गरेको छ । सोनीले फरक-फरक टिभीका लागि फरक-फरक दूरीको मापदण्ड बनाएको छ, जसलाई धेरैले विश्वसनीय र उपयोगी मापदण्डको रुपमा पनि लिने गरेका छन् ।
टिभीको आकार
टिभी हेर्ने दूरी
३० इन्च
४.१ फिट
३५ इन्च
४.८ फिट
४० इन्च
५.५ फिट
४५ इन्च
६.१ फिट
५० इन्च
६.८ फिट
५५ इन्च
७.५ फिट
६० इन्च
८.२ फिट
६५ इन्च
८.९ फिट
७० इन्च
९.५ फिट
७५ इन्च
१०.२ फिट
८० इन्च
१०.९ फिट
८५ इन्च
११.६ फिट
टिभीको आकार
टिभी हेर्ने न्यूनतम दूरी
टिभी हेर्ने अधिकतम दूरी
३० इन्च
३ फिट
४.५ फिट
३५ इन्च
३.५ फिट
५.२५ फिट
४० इन्च
४ फिट
६ फिट
४५ इन्च
४.५ फिट
६.७५ फिट
५० इन्च
५ फिट
७.५ फिट
५५ इन्च
५.५ फिट
८.२५ फिट
६० इन्च
६ फिट
९ फिट
६५ इन्च
६.५ फिट
९.७५ फिट
७० इन्च
७ फिट
१०.५० फिट
७५ इन्च
७.५ फिट
११.२५ फिट
८० इन्च
८ फिट
१२ फिट
८५ इन्च
८.५ फिट
१२.७५ फिट
टिभीको स्क्रिनको आकार
टिभीको भर्टिकल आकार
फोरके टिभी हेर्ने दूरी
एचडी टिभी हेर्ने दूरी
एसडी टिभी हेर्ने दूरी
३२ इन्च
१५.७ इन्च
२ फिट
४ फिट
८ फिट
४० इन्च
१९.६ इन्च
२.४ फिट
४.९ फिट
९.८ फिट
४३ इन्च
२१.१ इन्च
२.६ फिट
५.२ फिट
१०.४ फिट
५० इन्च
२४.५ इन्च
३.१ फिट
६.२ फिट
१२.४ फिट
५५ इन्च
२७ इन्च
३.४ फिट
६.८ फिट
१३.६ फिट
६० इन्च
२९.४ इन्च
३.७ फिट
७.४ फिट
१४.८ फिट
६५ इन्च
३१.९ इन्च
४ फिट
८ फिट
१६ फिट
७० इन्च
३४.३ इन्च
४.३ फिट
८.६ फिट
१७.२ फिट
७५ इन्च
३६.८ इन्च
४.६ फिट
९.२ फिट
१८.४ फिट
८० इन्च
३९.२ इन्च
४.९ फिट
९.८ फिट
१९.६ फिट
८५ इन्च
४१.७ इन्च
५.२ फिट
१०.४ फिट
२०.८ फिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
४
चिल्ड्रेन्स इन्टरनेशनल एकेडेमीमा स्व. शिव कुमार श्रेष्ठको १५औँ पुण्यतिथिमा श्रद्धाञ्जली
२०८२ चैत्र २४ गते , मंगलबार
५
तार्केश्वरमा बालमैत्री नगरपालिका अभियान तीव्र, घरधुरी सर्भेक्षण एपबारे छलफल सम्पन्न
२०८२ चैत्र १७ गते , मंगलबार
६
तारकेश्वर नगरपालिकाको १८औं नगर सभा सम्पन्न
२०८२ चैत्र १० गते , मंगलबार
सम्बन्धित खवर
Advertisment





