३१ साउन , काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा दर्शकले हेर्न पाउने भएका छन् ।
अमेरिका, युके, जापान, जर्मनीलगायत देशका दर्शकले चलचित्र ‘बुलबुल’ हेर्न सक्ने निर्माता अवीरल थापाले जानकारी दिए । विनोद पौडेलको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, लक्ष्मी बर्देवालगायत कलाकार मुख्य भूमिकामा छन् ।







