१६ मंसिर काठमाडौ । फिल्म ‘रबर सिटी’ निर्माण हुने भएको छ । चर्चित फिल्म ‘बुलबुल’ का निर्देशक विनोद पौडेलले दोस्रो फिल्मको ‘रबर सिटी’ घोषणा गरेका हुन् ।

‘बुलबुल’ बाटै निर्देशनमा डेब्यु गरेका उनले फिल्मको एक पोस्टर जारी गर्दै निर्माण प्रारम्भिक जानकारी दिएका हुन् । अमेरिकामा छायाङ्कन हुने बताइएको फिल्मका लागि अहिलेसम्म रुपमा विक्रमकुमार शर्मा र राधा लम्साल कलाकारको रुपमा छानिएका छन् ।

यी दुबैको अलवा ‘साँघुरो’ फिल्मका अभिनेता सुशांक मैनाली पनि फिल्मको मुख्य भूमिकामा रहनेछन् । विनोदकै लेखन रहेको फिल्मका निर्माता अविरल थापा हुन् । फिल्ममा अंकित पौडेलको छायाङ्कन रहेनछ । निर्देशक पौडेलले ‘एक्रोन इन्टरनेसनल’को रुपमा यो फिल्मको काम सुरु गरेका थिए ।
एक्रोनलाई अमेरिकनले रबर सिटीको रुपमा पनि बोलाउने गरेका छन् । निर्देशक पौडेलले फिल्मका चरित्रको आयातन र सहरको पुरानो चिनारी मिल्दोजुल्दो भएकाले यो नाम जुराएको बताए ।
फिल्मको छायाङ्कन नयाँ वर्षको मार्चमा हुनेछ । फिल्ममा अबिरलका अलवा किर्तना बाँस्कोटा, यतिन परखानी, भक्त रिजाल र राजु पौडेल निर्माताको रुपमा रहनेछन् । अवेकन प्रडक्सन र बाँस्कोटा प्रडक्सनले संयुक्त रुपमा निर्माण रहने फिल्मको बजेट ६ रहने बताइन्छ ।






