Comments Add Comment

Advertisment

SKIP THIS

पालिका अध्यक्ष गुप्ता निर्दोष व्यक्तिलाई लागुऔषधमा फसाउने देखी पत्रकार कुटने सम्म घिनौना काम

३१ साउन , काठमाडौं । पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताले निर्दोष व्यक्तिलाई लागुऔषधमा फसाएको भन्दै कारवाही गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।

पाल्हिनन्दन गाउंपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताको लाजमर्दो काम प्रति स्थानिय जनता लजित भएका छन्। अध्यक्ष गुप्ता कहिले निर्दोष व्यक्तिलाई लागुऔषधमा फसाउने ,कहिले कर्मचारी कुटने , कहिले पत्रकार कुटने, यस्ता घिनौना काम गर्दै आएका छन्। आजा सम्मा यस्ता काम गर्दै आए पनि सवै चुपचाप हुदाँहुदैँ वल्ला स्थानिय वासीको तालुमा घाम लगेको देखिन्छ ।

अध्यक्ष गुप्ता पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्ष पहिलो कार्यकालमा कर्माचरी कुटने देखी ,पत्रकार लाई कुटने लखेटने काम गर्दै आएका अहिले नया निर्वाचित अध्यक्ष भएका छन्। अहिले नया निर्वाचित अध्यक्ष दोस्रो कार्यकालको ४ महिना नपुग्दै यस्ता काम गरेको भन्दै प्रश्न चिन्ह खडा भएको देखिन्छ । कर्माचरी लाई आफ्नो अधिनमा राख्नलाई अध्यक्ष गुप्ताले कर्माचरी कुटने तर्साउने धमकाउने समेत काम गर्दै आएका अध्यक्ष गुप्ताले गत असार २२ गते रामग्राम नगरपालिका १७ पिपरहियामा गाउँपालिका अध्यक्ष गुप्ताको निर्देशनमा गाउँपालिकाका नगर प्रहरी (पूर्व प्रहरी) रघुनाथ धोवीले गुप्ता र पासवानलाई चिया पसलभित्र बोलाएर आफैले ल्याएको लागु औषध उनीहरुको भन्दै प्रहरीलाई बोलाएर पक्राउ गराएको ज्ञापनपत्रमा उल्लेख छ । उनीहरु बसेको ठाउँमा २७० सेट डाइजेपाम नुर्फिन र फेनार्गन भेटिएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र प्रहरी प्रधान कार्यालय काठमाडौं समेतबाट अनुसन्धान भइरहेको भन्दै प्रतिवेदन सार्वजनिक गरी घटनामा संलग्न दोषीलाई कारवाही गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

पालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले प्रहरीसंगको मिलेमतोमा कवाडीको काम गर्दै आएका भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई फसाएको भन्दै दोषीलाई कारवाहीको माग गरिएको हो ।

नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ समितिका सभापति हरिहर चौहान, जसपा गाउँ समितिका सहसंयोजक कमलेश माली, जसपाका गाउँ युवा समितिका अध्यक्ष बसन्त यादव र कांग्रेस जिल्ला सदस्य चन्द्रमणि चौधरीले हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा निर्दोषलाई मुक्त गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । दोषीलाई कारबाहीको माग गर्दै ब्यानरसहित निस्केको जुलुसले जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।

थुनामा रहेका भारतीय नागरिकहरु भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्राम पटजिलवाका हुन् । उनीहरु कवाड ब्यापारको लागि नवलपरासीमा भूमहीमा बस्दै आएका थिए । गुप्ता र पासवानले गाउँपालिका अध्यक्षबाट आफ्नो कवाड खरिद गरेवापतको एक करोड ३३ लाख बढी रकम लिन बांकी रहेको र उक्त रकम नतिर्न आफूहरुलाई फसाएको प्रहरीलाई बयान दिएको नेपाली कांग्रेस पाल्हिनन्दन गाउँपालिकाका नेता राजेन्द्र साहनीको दावी छ ।

गाउँपालिका अध्यक्ष गुप्ताले १०–१२ जना मान्छे खटाएर लागु औषधको कारोबार समेत गर्ने गरेको र उनको कारोबारमा प्रहरीको संरक्षण रहेको कांग्रेस नेता साहनीको आरोप छ । ‘उनी लागु औषधको पनि कारोबारी हुन्, उनलाई बचाउन जिल्लाका प्रहरी प्रमुखको पनि मिलेमतो छ’–साहनीले भने–‘यो घटनाको निष्पक्ष छानवीन हुने हो भने गाउँपालिका अध्यक्ष र एसपी दुबै कारवाहीमा पर्छन् ।’ आफू पनि फस्ने भएपछि एसपी कँडेल घटनालाई सामसुम पार्न लागेका र घटनालाई मिलाउन अध्यक्ष गुप्ताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत गुहारेको साहनीको दावी छ । गाउँपालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । उनीविरुद्ध अन्य थुप्रै मुद्दा समेत रहेको स्थानीयको दावी छ ।

निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले माथिल्लो प्रहरी निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा समेत निर्दोष व्यक्ति परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । घटनाको वास्तविकता बुझेर थप प्रकृया अघि बढाउन पाल्हीनन्दन गाउँपालिकाका पूर्व प्रहरी रघुनाथ धोवीलाई पक्राउ गरेकाले केही दिनमा यथार्थ खुल्ने कँडेलले बताए ।

पक्राउ परेका दुवै युवक २६ दिनदेखि प्रहरी हिरासतमा छन् । पीडितका परिवारले नक्कली मुद्दामा फसाइएको भन्दै निष्पक्ष छानबिनका लागि विभिन्न निकायमा आग्रह गरेपछि यसमा पुनः छानबिन शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै