Comments Add Comment

Advertisment

SKIP THIS

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

३१ साउन , काठमाडौं । लागूऔषध मुद्दाका फरार प्रतिबादी काभ्रेपलान्चोक रोशी गाउँपालिका-४ स्थायी वतन भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरबाट २०७९ बैशाख ४ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment