Comments Add Comment

Advertisment

SKIP THIS

झापाबाटै चुनाव लड्ने विश्वप्रकाश शर्माको घोषणा

१ भदौ , काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाटै निर्वाचन लड्ने घोषणा गरेका छन् ।

यसअघि काठमाडौं ५ बाट चुनाव लड्ने उनको चर्चा थियो । तर, उनले आफ्नो गृह जिल्लाबाटै चुनाव लड्ने बताएका छन् । शर्माले ट्वीट गर्दै झापाबाट उम्मेदवार दिने बताएका हुन् ।

‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न’ उनले ट्वीटरमा लेखेका छन् ।

अघिल्लो निर्वाचनमा उनी झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए । उनलाई त्यतिखेर नेकपा माओवादी केन्द्रका राम कार्कीले पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै