Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी धिरज सिंहद्वारा १ नम्बर प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र बृक्षारोपन गर्नु भएको छ । प्रदेश स्तरिय अपराध अनुसन्धान सुरक्षा गोष्टीको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय पाल्नु भएका आईजीपी सिंहले आज कार्यालयको हाता भित्र आयोजित एक कार्यक्रमका बिच बृक्षारोपन गर्नु भएको हो ।

 

बृक्षरोपन कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय काठमाण्डौका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, नेपाल प्रहरी प्रधान कार्यालय काठमाण्डौका प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल, प्रहरी बरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङ, १ नं. प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटा समेतले बृक्षारोपन गर्नु भएको छ । बृक्षारोपन कार्यक्रम अगावै प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहलाई प्रदेश प्रहरी तालिम केन्द्रको एक टुकडीले सलामी अर्पण गरेको थियो भने आईजीपी सिंहले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो ।

 

यसैक्रममा आईजीपी सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको कार्यालय भवन अवलोकन निरीक्षण समेत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै