Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं महानरपालिकाले बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउन सुरु

७ भदौ , काठमाडौं । काठमाडौं महानरपालिकाले बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउन सुरु गरेको छ।

सोमबार बिहानदेखि नयाँ बानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैं अण्डरग्राउण्डका पसल हटाउन ‘एक्शन’मा उत्रिएका हुन्।

मेयर साहले घरधनीहरुले अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्सा पास गरेपनि अण्डरग्राउण्डमा पार्किङ नबनाइ पसल राख्न दिएको भन्दै ढलान भत्काएर पार्किङ खुला गरेका हुन्। महानगरपालिकाले ३५ दिनअघि नै अण्डरग्राउण्डका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न सूचना निकालेको थियो। तर, त्यो सूचना जारी भएको ३५ दिन बढी हुँदा पनि कार्यान्वयन नभएको भन्दै मेयर साह आफैं मैदानमा उत्रिएका हुन्।

मेयर साहले अण्डरग्राउण्डमा पसल गर्ने सबै व्यवसायीहरुलाई तत्काल पसल नहटाए महानगर आफैंले पसल हटाउने भन्दै चेतावनी दिए। मेयर शाहले नक्सा पास भए बमोजिम घरको अण्डरग्राउण्डमा पसल भए तुरुन्त खालि गरेर पार्किङका लागि खुला गर्न निर्देशन दिए।

यता, नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेलले घरधनीहरुले महानगरमा घरको नक्सा पास गर्दा अण्डरग्राउण्ड पार्किङको लागि भनिएपनि पसल राख्न दिँदा व्यवसायीहरु मर्काका परेको बताए। उनले व्यवसायीहरुले व्यवसाय गरिरहेको स्थानमा एक्कासी हटाउँदो सामान व्यवस्थापन गर्न समस्या भएको बताए।

महानगरले आफ्नो क्षेत्राधिकारभित्र अण्डरग्राउण्ड हटाएमा सहरमा पार्किङ समस्याको वास्तविकता पहिचान भएर सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै