Comments Add Comment

Advertisment

SKIP THIS

इन्स्पेक्टर जगदीश रेग्मी साउन महिनाको गण्डकी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश रेग्मी साउन महिनामा गण्डकी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले उनको कामको कदर गर्दै प्रदेशकै ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।                                                                       

इन्स्पेक्टर रेग्मीले सांगठनिक मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको हुनाले उनलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीले जानकारी दिए ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई अबदेखि हरेक महिना निरन्तर रुपमा पुरस्कृत गरिने डीआईजी जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै