Comments Add Comment

साइबर अपराधबाट पीडितका मुद्दा काठमाडौँ अदालतमा सीमित हुँदा पीडितलाई सास्ती : आईजीपी सिंह

८ भदौ , काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले साइबर अपराधका मुद्दा दर्ता काठमाडौँ जिल्ला अदालतमा सीमित रहेको र यसलाई कम्तीमा प्रदेश तहमा विस्तार गर्न माग गरेका छन् ।

साइबर अपराधबाट पीडितका मुद्दा काठमाडौँ अदालतमा सीमित हुँदा पीडितलाई झन् बढी सास्ती भएको उनले बताए ।

नेपाल प्रहरीले आयोजना गरेको उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन कार्यक्रममा आइजिपी सिंहले साइबर अपराधका मुद्दा हरेक प्रदेशका कम्तीमा एक–एक जिल्लामा छुट्टै इजलास तोक्ने गरी पहल गर्न सरकारसँग आग्रह गरे ।

काठमाडौँमा यस्ता मुद्दा सीमित गर्दा पीडितलाई समय र खर्च पनि बढी लाग्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै