Comments Add Comment

Advertisment

SKIP THIS

केन्यामाथि लगातार दोस्रो जितको खोजीमा नेपाल

१० भदौ , काठमाडौं । पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) घरेलु टोलीसँग दोस्रो टी-२० अन्तर्राष्ट्रियमा खेल खेल्दै छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल अपराह्न पौने ४ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपालले ५ विकेटले जित निकाल्यो ।

नेपालले तेस्रो खेल १२ भदौमा , चौथो १३ भदौमा र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै