ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका फरार प्रतिवादी कारागार चलान -
Comments Add Comment

ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका फरार प्रतिवादी कारागार चलान

१२ भदौ , काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनाङ नारपु गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने ३७ वर्षीय छिरिङ लोप्साङ लामा छन् ।

सर्वोच्च अदालतको २०७५ पुस १ मा उनलाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद हुने फैसला गरेको थियो । शुक्रबार पक्राउ गरेर लामालाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई केन्द्रीय कारागार सुन्धारामा थुनामा पठाइएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै