Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी महानिरीक्षकद्वय सिंह र अर्याल अमेरिका जाँदै

१३ भदौ , काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन्। इइन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्।

सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुर्व्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ ।एक सातासम्म अमेरिका रहँदा विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ।

यसैबीच उनीहरु इन्टरपोलको बैठक सकिएपछि जापान भ्रमणमा जाने तयारी छ। जापानको प्रहरीसँग नेपाल प्रहरीले केही आर्थिक सहयोग माग गरेको र त्यसका लागि जापनीज प्रहरीलाई इमेल मार्फत सो प्रस्ताव गरेको भएपनि त्यसको जवाफ आइनसकेकाले जापान जाने कार्यक्रमलाई बाहिर ल्याएका छैनन्।

नेपाल प्रहरीका एक अधिकारीका अनुसार आजभोलि नै जापनी दूतावास मार्फत कुराकानी गर्ने सो कुराकानी सकारात्मक भए उनीहरुको जापान भ्रमण औपचारिक हुने नत्र अनौपचारिक हुनेछ।

‘अहिलेसम्म अनौपचारिक भ्रमण हो, व्यक्तिगत भ्रमण हो तर जापानीज प्रहरीले नेपाल प्रहरीको सहायता सम्बन्धी प्रस्ताव स्वीकार गरेमा त्यो औपचारिक हुनेछ’, नेपाल प्रहरीका एक अधिकारीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै