Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

१५ भदौ , काठमाडौं । चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर २ जनाको मृत्यु र १२ जना घाइते भएको छ । मृतक र घाइतेको नाम खुल्न बाँकी रहेको छ ।

आज बिहान वडाध्यक्ष दोर्णबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ प्रहरी गईरहेको र चार/पाँच घन्टा हिडेर घटनास्थलमा पुगिने बताइएको छ ।

त्यस ठाउँमा फोन सम्पर्क पनि भइरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

करेन्ट लागेर दुई जनाको मृत्यु

बसको ठक्करबाट सुनसरीमा दुई जनाको मृत्यु

दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु