१६ भदौ , काठमाडौ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ ।
वर्ल्ड ट्रेडले तोकेको मापदण्डभन्दा बढी आकारको डिजिटल बोर्ड राखेको भन्दै महानगरले उक्त होर्डिङ बोर्ड बन्द गर्न निर्देशन दिएको हो ।
महानगरले वर्ल्ड ट्रेड सेन्टरलाई ८०० स्क्वायर फिटमा मात्रै डिजिटल बोर्ड राख्ने अनुमति दिएको थियो । तर, वर्ल्ड ट्रेड सेन्टरले १६०० स्क्वायर फिटमा डिजिटल बोर्ड राखेको पाइएकाले बन्द गराइएको महानगरले जनाएको छ ।
सडक छेउमा ठूला आकारका डिजिटल बोर्ड हुँदा त्यसले सवारीचालक र बटुवाको ध्यान भंग पार्ने भन्दै यसबाट दुर्घटना निम्तिनसक्ने जोखिम पनि रहेको सरोकारवाला बताउँछन् ।







