Comments Add Comment

Advertisment

SKIP THIS

असल पात्र रोजौं !

१७ भदौ , काठमाडौ । अब संघ र प्रदेशको चुनाव नजिक आउँदैछ । विभिन्न राजनीतिक पार्टीका नेताहरु जनताको घरदैलोमा आफ्नो साख देखाउन दौडधुप गरिरहेका छन ।

चुनावको समयमा पनि हामी जनता त्यसै फुरुङ हुन्छौ । यो दुनियामा बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन । अनि सबैले बलेको आगो ताप्छन, आगो बालेर ताप्ने कोशिस कमैले गर्छन । सायद यो दुनिया स्वार्थी भएकोले नै होला सबै बुद्व भएको भए अहंकारी बनि परमाणु अस्त्र उत्पादन किन गर्थे होलान ।

राबण पात्र नभएको भए रामायण पनि खल्लो हुने थियो । सायद, पान्डब र कौरब नभएको भए महाभारतको पनि के औचित्य हुन्थ्यो होला र ! तसर्थ, इतिहासका असल र खराब दुबै पात्रबाट धेरै कुराहरु जानेर राम्रालाई साथमा र नराम्रालाई पाखामा राख्यो भने जीवनको सार्थकता त्यहीँ नै हुन्छ ।

अवको चुनावमा पनि राम्रा असल र नराम्रा नेता छुट्याउने दिन आउँदैछ । कसैको दुई कौडीको भाउमा आफ्नो अमुल्य मतको दुरुपयोग नगर्नुहोला । जब जब रास्ट्रमा संकट आइपर्छ , तब प्रत्येक नागरिकले आफ्नो विवेकलाई बन्धकीमा राख्नु हुदैन ।

रास्ट्र, राष्टृयता र जनजीविकाको विषयमा असल जनप्रतिनिधि चयन गर्न अझै पनि सकिएन भने अवको जीन्दगी पछुताउनुबाहेक केही हुनेछैन । ब्यबस्था र पात्र धेरै नै बदलिए तर जनताको अवस्था झन दयनिय छ ।

र, नेतृत्वमा पुगेका पात्रहरुको प्रवृति उस्तै छ । जव कि ब्यक्तिवाद, परिवारवाद, नातावाद, कृपावाद र पार्टीवादवाट पर जान सकेको छैन हाम्रो नेतृत्वको आचरण । त्यसैले तपाईं प्रत्येक ब्यक्तिले नैतिक धरातलको गोरेटो समाउने कोशिस गर्नुभयो र जनताको प्रतिनिधि पात्र असल छान्नुभयो भने भावी पिडीले धिक्कार्ने छैनन !

खिमराज गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै