शनिबार बेलुकी शंकरापुर नगरपालिका वडा नम्बर २ पटापमा अरिङ्गाल पोल्ने क्रममा टोक्दा २ जना बिरामी भएका हुन्।
३० वर्षका सुमन तामाङ र २० वर्षका सन्तबहादुर तामाङलाई अरिङ्गालले टोकेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता,एसपी दिनेशराज मैनालीले जानकारी दिए ।।
उनीहरूलाई साँखुस्थित पिपुल्स लाइफ कियर अस्पतालमा उपचार गरिएको छ।


