१९ भदौ , काठमाडौं । अगामी असोजदेखि सातामा दुई दिन सेयर कारोबार बन्द हुने भएको छ ।
आइतबार बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समितिको बैठकले शुक्रबार पनि सयेर कारोबार बन्द गर्न निर्णय गरेको हो ।
सरकारले जेठ महिनादेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेप्सेमा शनिबार र आइतबार कारोबार बन्द भएको थियो । आइतबारको सट्टा शुक्रबार खोलिएको थियो । तर, दुई दिने बिदा हटेपछि पनि शुक्रबार सेयरको कारोबार हुँदै आएको थियो ।
लगानीकर्ताको माग, अन्तर्राष्ट्रिय अभ्यास, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मतसम्भार गर्नुपर्ने भएकाले र कम्पनीले नयाँ कार्य गर्नको लागि पर्याप्त समय नहुने जस्ता समस्याका कारण शुक्रबार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले बताए ।



