Comments Add Comment

Advertisment

SKIP THIS

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

२१ भदौ , काठमाडौं । अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ।

उपचारका क्रममा गत वर्ष उनको निधन भएक थियो। मोडल घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो।

त्यस्तै घिमिरेको उपचारमा ५० लाख बढी खर्च गरेको नर्भिक इन्टरनेशन अस्पतालकी निर्देशक मेघा चौधरी, निशाको उपचार सहयोग र कोषमा रकम सहयोगको लागि रकम जुटाउन सक्रिय पत्रकार प्रकाश सुवेदी र निशाको उद्दारमा संलग्न नवजीवन परोपकार समाजलाई सम्मान प्रदान गरिएको छ।

‘निशा घिमिरे स्मृति कोष’का संयोजक दुर्गानाथ दाहाल, नेपाली प्रथम नायिका भुवन थापा चन्द, बरिष्ठ अभिनेत्री मिथिला शर्मा बोहरा लगायतको उपस्थितिमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

कोषका सदस्य सचिव मोहन निरौलाले मोडलिङमा संघर्ष गर्दा गर्दै दुर्घटनामा परी घाइते भई उपचारको क्रममा निधन भएकी घिमिरेको स्मृतिमा स्थापित कोषले हरेक वर्ष पुरस्कार तथा सम्मान प्रदान गर्ने बताए।

मोडलिङको क्षेत्रमा स्थापित हुन खोजिरहेका र सम्भावना बोकेका महिला कलाकारहरुलाई प्रोत्साहन स्वरूप पुरस्कार दिइएको उनले बताए। पुरस्कारको राशी जनही पच्चीस हजार रुपैयाँ रहेको छ।

कोषका संयोजक दुर्गानाथ दाहालले उपचारकै क्रममा निशाको निधन भएपछि उनको उपचारकै लागि भनेर उठेको रकमलाई नै स्मृति कोषमा जम्मा गरी त्यसबाट प्राप्त हुने ब्याजबाट पुरस्कार तथा सम्मान प्रदान गरेको बताए।

उनले आफ्नो नेतृत्वमा रहेको नवजीवन परोपकार समाजले निशाजस्तै धेरैको उद्दार, उपचार तथा व्यवस्थापन गर्दै आएको बताए। मानिस मात्र नभएर समाजले दु:खमा परेका हरेक प्राणीको हेरचाह गर्ने उनले बताए।

कार्यक्रममा बोल्दै प्रथम नेपाली नायिका भुवन थापा चन्द र बरिष्ठ अभिनेत्री मिथिला शर्माले यस प्रकारका पुरस्कार तथा सम्मानहरूले कलाकारहरू प्रोत्साहित हुने भन्दै कार्यक्रमको प्रशंसा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै