Comments Add Comment

Advertisment

SKIP THIS

अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ३ महिलासहित ४ जनालाई पक्राउ

काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंबाट ३ महिलासहित ४ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपालकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको बाहुनडाँडाकी २३ वर्षीय पूर्णीमा राई र नुवाकोटको शिवपुरका २८ वर्षीय तेम्बा लामा रहेका छन् ।

क्यास एप, फायरकिरिनजस्ता एप्लिकेसनबाट उनीहरूले अनलाइन जुवा खेलाउने गरेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरूको साथबाट जुवा खेलाउन प्रयोग हुने गरेको ल्यापटप पनि बरामद भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै