Comments Add Comment

Advertisment

SKIP THIS

परिसूचक नेप्से २१ अंकले घट्यो

२१ भदौ , काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से २१.२२ अंकले घटेको छ ।

यससँगै नेप्से परिसूचक १९ सय ५१.७९ को बिन्दुमा झरेको छ । निरन्तर आरोलो लागेको बजारमा कारोबार रकम भने एक अर्ब १९ करोड हाराहारी रह्यो ।

आज २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको छ । जसमध्ये १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य मात्रै बढेको छ । यस्तै ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

आज उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट तहमा बढेर कारोबार भयो । यस्तै एनएमबी हाइब्रिड फन्ड र सामुदायिक लघुवित्तको सेयर मूल्य झिनो अंकले बढ्यो । दोस्रो बजारमा धेरै गुमाउनेहरुमा सानिमा माई हाइड्रो, हिमालयन एभरेष्ट इन्स्योरेन्स र जोशी हाइड्रोपावर लगायत रहे । यी कम्पनीको सेयर मूल्य दोस्रो बजारमा क्रमशः ७.३२, ६.०२ र ५.५३ प्रतिशतले घट्न पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै