स्टीङकर्ताको बयान – ‘अनि स्टीङ अपरेशन खारेज गराउन लाग्नेहरू नै स्टीङ अपरेशनमा परे’ -
Comments Add Comment

स्टीङकर्ताको बयान – ‘अनि स्टीङ अपरेशन खारेज गराउन लाग्नेहरू नै स्टीङ अपरेशनमा परे’

 १६ बैशाख, काठमाडौ ।  सिधाकुराको सामाग्री ‘द डार्क फाइल’ श्रृङ्खलाको तेस्रो भाग तीनकुने स्टीङ अपरेशनकर्ताको बयानमा केन्द्रित छ ।

अख्तियारको स्टीङ अपरेशनमा अब्बल मानिएका ति अधिकारीले तीनकुने स्टीङ अपरेसनको विस्तृत खुलासा सिधाकुरासँग भिडियोमा राखेका छन् ।

सर्वोच्च अदालतमा मुद्दाको पेशी नचढ्दै अदालतबाट हुने मुद्दाको फैसला अदालतबाहिर गराउन भन्दै बसेको बैठकलाई उनैले स्टीङ गरिदिएका थिए ।

अदालतमा मुद्दाको पेशी तय नहुँदै पत्रिकामा छापिने समाचारको ड्राफ्ट, फैसलाका लागि आरोपितबाट उठाएको घुस रकम, अदालतको संवैधानिक बेञ्चको फैसला देखि उनको तीन पुस्ते विवरण उतारेको र अख्तियारको विरुद्धमा नबोले राम्रो नहुनेसम्मको धम्की आफूले खेपेको ति स्टीङकर्ताले सिधाकुरालाई बताएका छन् ।

उनी तीनै व्यक्ति हुन जसबारे सर्वोच्चको संवैधानिक बेञ्चबाट स्टीङ अपरेशन अवैध हुने फैसला गर्नु २ दिन अघि अन्नपूर्ण पोस्टको पहिलो पृष्ठको समाचारको पात्र बनाइका थिए । ति स्टीङकर्ताले खुला रुपमा आफ्नो कुरा सार्वजनिक गर्न चाहे पनि उनको सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै हामीले उनको अनुहार र वास्तविक परिचय भने गोप्य राखेका छौं । सिधाकुरा प्रस्तुत गर्दछ उनै स्टीङकर्ताको भिडियो बयान । स्रोत : सिधाकुरा जस्ताको जस्तै 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै