Comments Add Comment

Advertisment

SKIP THIS

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले आज मुक्तिनाथको दर्शन गर्ने

२२ भाद्र , काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन् ।

पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उनी आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

मुक्तिनाथको दर्शन गरी आजै उनी पोखरा आउने कार्यक्रम रहेको छ । त्यहाँ उनले पोखरास्थित नेपाली सेनाको मध्य कमान्ड मुख्यालयको भ्रमण गर्नेछन् ।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै