Comments Add Comment

Advertisment

SKIP THIS

जनार्दनले अस्वीकार गरे उपमहासचिव पद

२२ भाद्र , काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता तथा अर्थमन्त्री दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् ।

बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै उनले पार्टी अध्यक्ष प्रचण्डकै अगाडी महासचिव पद अस्वीकार गरेका हुन् ।

महासचिवका दावेदार रहेका मन्त्री शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको समेत बताए । अध्यक्ष प्रचण्डले देव गुरुङ महासचिव बनाउँदै शर्मालाई उपमहासचिव बनाए ।

शर्माले पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै भने, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’ उनले संगठन विधि र पद्दतिमा रहनुपर्ने बताए । केहि मान्छेले कुरा लगायो भन्दैमा अध्यक्ष प्रचण्ड पनि कुरामा लाग्ने गरेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै