मिडिया विधेयक छलफलका लागि समितिमा -
Comments Add Comment

मिडिया विधेयक छलफलका लागि समितिमा

२२ भदौ , काठमाडौँ । नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुअघि सांसद प्रेम सुवालले बैठकको गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक सङ्ख्या यकिन गर्न निर्देशन गरेका थिए । गणपुरक सङ्ख्या पुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते शनिबार दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै