Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा ट्याक्टरले च्यापिएर एक जनाको मृत्यु

१ असार , काठमाडौं । सर्लाही जिल्लाको मलगंवा नगरपालिका ६ मा ट्याक्टरले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

मलगंवा नगरपालिका ६ लखनदेई खोलाको तटबन्धको लागी ढुङ्गा लोड गरी आएको ज.१ त.३८२४ नं.को ट्रयाक्टर ढुङ्गा झारी फर्कने क्रममा अनियन्त्रित भई पल्टिन जादाँ ट्याक्टर चालक चन्द्रनगर गा.पा.५ मोहनपुर बस्ने बर्ष ३२ को रविन्द्र साह सोनार को मृत्यु भएको हो । ट्याक्टरले च्यापिएर मृत्यु भएको भन्ने खबर प्राप्त हुन साथ ७ जनाको प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी लास पोष्ट माटमको लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा पठाईएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment