Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल एयरलाइन्सबाट मुम्बई उड्न लागेका दुई शंकास्पद व्यक्ति पक्राउ

१८ साउन , काठमाडौं । भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको विमानबाट दुई जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका २ जना मुम्बई जाने तयारीमा थिए । श्रीमान/श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।

ढोका बन्द भएर उड्न लागेका बेला सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको थियो । काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै