Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक जाम कम गर्न विद्यालय र कार्यालय समय फरक-फरक गराैँ : नेता सिंह

२६ जेठ , काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन आग्रह गरेका छन् ।

बिहीबार संसद बैठकमा बोल्दै सांसद सिंहले काठमाडौंमा ट्राफिक जाम हुने समस्या समाधान नभएकोले कार्यालय समय फरक पार्नुपर्ने बताए ।

उनले भने, ‘फोहोरमैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकले ट्राफिक जामको समस्या भोगिरहेका छन् । एक ठाउँबाट अर्को ठाउँ पुग्न धेरै समय लाग्ने गरेको छ । विद्यालय खुल्ने समय र कार्यालय समय फरकफरक समयमा हुने व्यवस्था मिलाउन सके सडकमा जाम कम हुन्छ ।’

राजधानीमा फोहोर नउठेको १४ दिन पुगेको छ । सडक छेउमा थुप्रिएका फोहोरको डंगुरले ट्राफिक व्यवस्थापनलाई थप समस्या परेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै