Comments Add Comment

Advertisment

SKIP THIS

दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

२९ भाद्र काठमाडौ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ । बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा।भरतराज गौतमले जनाएका छन् ।

यसैबीच आजको प्रतिनिधि सभाको बैठकपनि अवरोध गर्ने एमालेले जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज एमालेको संसदीय दलको बैठक नराखेको र सिधै सदनमा जाने उल्लेख गरे ।

न्युज२४ग्यालेसीसँग कुरा गर्दै भट्टराईले एमालेले कारवाही गरेका १४ सांसदहरुको सूचना सभामुखले गल्ति सच्याउँदै टाँस गरे सदन अवरोध खुल्ने अन्यथा एमाले पछि नहट्ने उल्लेख गरे । सोमबार सभामुखले सदन खुलाउनका लागि गरेको सर्वदलीय बैठक अनावश्यक भएको उनले बताए ।

उनले सत्ता गठबन्धन सहभागी भएको बैठकमा एमालेलाई मिसाउन आवश्यक नभएको र सभामुखले एमालेसँग मात्र छलफल गर्नुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment