Comments Add Comment

Advertisment

SKIP THIS

कोरोना संक्रमित बढ्दै, पछिल्लो २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि

२१ पुष, काठमाडौ । नेपालमा पछिल्लो दिनमा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २३९ जना निको भएका छन् ।

यद्यपि पछिल्लो २४ घण्टामा कसैको कोरोनाबाट मृत्यु भने भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार २२५ जना रहेका छन् भने त्यसमध्ये संस्थागत आइसोलेशनमा ३ हजार ७३ जना रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् ।

यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना संक्रमण देखिएको थियो भने सोमबार सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै