Comments Add Comment

Advertisment

SKIP THIS

कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा

२४ भदौ , काठमाडौ ।  कमेडियन अपूर्व क्षितिज सिंह तारेखमा रिहा भएका छन् । कोभिड सङ्क्रमण पुष्टि भएपछि उनलाई तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

गत भदौ १२ गते कमेडी भिडिओको नाममा नेवारी लबजलाई होच्याएको आरोपमा सिहं पक्राउ परेका थिए । कमेडी क्याफे’ नामक कार्यक्रममा बनाएको ‘नेवारको परम्परा’ नामक भिडिओ युट्युब च्यानल तथा सामाजिक सञ्जालमा राखेपछि सिंह विवादमा तानिएका थिए ।

यसपछि सिंहले सामाजिक सञ्जालमा माफी माग्दै उक्त भिडिओ हटाएका थिए ।

उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेदको १० को दफा १६५ को सामाजिक रीतिस्थितिलाई खलल पुर्‍याउन नहुने कसूरमा अनुसन्धान गरिरहेको थियो ।

१० दिनसम्म अनुसन्धान पूर्ण हुन नसकेपछि उनलाई पाँच दिन थप गरी हिरासतमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै