Comments Add Comment

Advertisment

SKIP THIS

महानगरको डोजरले कपन खोलामाथिको स्ल्याब भत्काउने तयारी गरेपछि स्थानीय आन्दोलित

२५ साउन ,काठमाडौ । काठमाडौं महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब भत्काउने तयारी गरेको छ । काठमाडौं महानगरको वडा नम्बर ‍६ र ७ स्थित खोलामा राखिएको स्ल्याब हटाउने तयारी गरेको हो ।

महानगरले कपन खोलामाथि राखिएको स्ल्याब हटाउन खोजेपछि स्थानीय र महानगर प्रहरीबीच विवाद भएको छ । महानगरसँग सीमा जोडिएको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाका स्थानीयले विरोध जनाएपछि केहीबेर तनाब उत्पन्न भएको थियो ।

महानगर र स्थानीयबीच तनाब उत्पन्न भएपछि नेपाल प्रहरीले स्ल्याब हटाउनबाट रोकेको छ ।

स्थानीयको आक्रोशबीच महानगरले स्ल्याब हटाउन बल गरेपछि स्थिति थप तनाबग्रस्त हुन नदिन प्रहरीले डोजरको चाबी खोसेको छ ।

प्रहरीले डोजरको चाबी खोसेपछि समर्थन र विरोधमा नाराबाजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment