Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरको राधेराधेस्थित इजी वे ट्रायल सेन्टरमा सञ्चालक प्रसाईकै मिलेमतोमा हुन्छ ठगी धन्दा 

भक्तपुर – हिजो मात्र प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले नक्कली सरकारी कागजात बनाई अर्काको नाममा सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिएको अभियोगमा मध्यपुर ठिमी नगरपलिका ५ राधे–राधेस्थित इजी वे ट्रायल सेन्टरबाट पाँच जानलाई प्रहरीले पक्राउ गरेको छ ।                                                                       

इजी–वे ट्रायल सेन्टरबाट नक्कली नागरिकता, पासपोर्ट, प्रवेश पत्र, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइलसमेत बरामद गरेको छ । प्रहरीले उनीहरूविरुद्ध ‘लिखतसम्बन्धी कसूर’मा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी वृत्त ठिमीका डिएसपी हरिनन्दन चौधरी बताएका छन् ।                                                                                     

डिएसपी चौधरीका अनुसार यसअघि पनि ट्रायल सेन्टरबाट पटकपटक नक्कली परीक्षार्थीहरु पक्राउ पर्दै आएको बताए ।केहीसमयअघि दुई पांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा (ट्रायल) मा नक्कली परीक्षार्थी बनेर अर्काको नाममा परीक्षा दिने ईन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई पक्राउ परेका थिए ।

उक्त ट्रायल सेन्टरबाट गत असारमा समेत कालीकोट गेला–४ का सरोज ढकालको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिन आएका कालीकोटकै गेला–६ बस्ने २८ वर्षीय दीपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

इजी–वे ट्रायल सेन्टरबाट २०७६ पुष १७ गते दोलखा घर भई हाल लोकन्थली बस्ने १९ वर्षे सौरभ रिमालले आफ्नो दाजुको सट्टामा मोटरसाइकलको ट्रायल दिइरहेको अवस्थामा पक्राउ परेका थिए ।

त्यस्तै २०७६ फागुन ५ गते इजी वे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भन्दै हिँड्ने सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई काठमाडौँको शंखमुलमा बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

इजी वे ट्रायल सेन्टरमा नक्कली परीक्षार्थी प्रयोग हुने गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा एकैदिन २ जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरेको थियो। पक्राउ पर्ने नक्कली परीक्षार्थीहरुमा सिन्धुली पोखरी( ५ स्थायी घर भएका २० बर्षिय टिकाराम चौलागाईको मोटरसाईकलको ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा जिल्ला तेह्रथुम ईवा(१ घर भई हाल जिल्ला ललितपुर लामाटार बस्ने बर्ष ३० को धन कुमार ईङमान (लिम्बु) र भक्तपुर नगरपालिका- १० बस्ने बर्ष २० को सनिस श्रेष्ठको नाममा मोटरसाईकलको ट्रायल परीक्षा दिदै गरेको जिल्ला मोरङ लेटाङ गाउपालिका -८ घर भई हाल ललितपुर लुभु बस्ने बर्ष ३१ को अर्जुन राई रहेका थिए ।

विस २०७४ को असोजमा यातायात व्यवस्था कार्यालय भक्तपुरले भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहजरुपमा सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित इजी वे ट्रायल सेन्टर प्रालिसँग सम्झौता गरेको थियो। इजी वे ट्रायल सेन्टर प्रालिले सम्झौताअनुसार निःशुल्क ट्रायल परीक्षा सञ्चालन गर्न दिएको र साधन प्रयोग गर्न दिएबापतको रकम समेत नलिई निःशुल्क सेवा दिएको थियो ।

सेवाग्राहीले दोहोर शुल्क बुझाउनु परेको विषयमा उजुरी परेपछी अख्तियारले इजीवे ट्रायल सेन्टरले यातायात व्यवस्था कार्यालय कै अनुमतिमा सेवाग्रहीसँग ट्रायल दिएवापत् राज्यलाई बुझाउनुपर्ने दस्तुरबाहेक अन्य शुल्क लिएको विषयमा प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयलाई छानबिन गरी आवश्यक कारबाही गर्न लिखित निर्देशन दिएको थियो ।

प्रदेश मन्त्रालयको स्वीकृति र सहमित बिना नै यातायात कार्यालय जगाती र ठूलो भर्याङले ट्रायल सेन्टरलाई सःशुल्क बनाएको थियो ।यातायात व्यवस्था कार्यालय जगातीका तत्कालीन प्रमुख किरणराज ढकालले ट्रायल सेन्टरका सञ्चालक निर्भयबाबु प्रसाईसँगको साँठगाँठमा सेवाग्राहीसँग शुल्क उठाउनेगरी अनुमति दिएको खुलासा यसअघि नै भैसकेको छ।

यातायात व्यवस्था विभागका अनुसार लाइसेन्सको शुल्क लिइसकेपछि ट्रायलबापत अतिरिक्त शुल्क लिनु र त्यसका लागि स्वीकृति दिनु भ्रष्टाचार नै हो ।

त्यसो त इजी वे ट्रायल सेन्टरले कार्यालयले तोकेको मापदण्डविपरीत २०१५ भन्दा अघिको पूराना मोडलको कन्डिसनमा नभएको आफैले ट्रायल सिकाउनका लागि खरिद गरेको करिब छ÷सात वर्ष पूराना मोडलका सवारी साधन परीषार्थीलाई उपलब्ध गराउने गरेको, इजी वे ट्रायल सेन्टरले उपलब्ध गराएको स्पोट २०७४ को मापदण्ड अनुसार सञ्चालनमा नरहेको, ट्रायल सेन्टरले प्रयोग गरेको सम्पूर्ण जमिन जग्गा धनीसँग सम्झौता नभएको, बाटोको मापदण्ड नछाडेको , स्पोटको फिल्डभित्र राजकुलो रहेकोलगायतका विभिन्न मापदण्ड पालना नगरेको यातायात व्यवस्था कार्यालयका अधिकारीहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै