२५ भाद्र , काठमाडौँ । आगामी मंगसिर-४ मा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि यतिबेला धमाधम उम्मेदवार सिफारिस गर्न राजनीतिक दलहरु लागिपरेका छन्। देशका ठुला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र उम्मेदवार सिफारिसका लागि व्यापक छलफलमा जुटेका छन्। कतिपय ठाउँमा सर्वसम्मत रुपमा छनौट गर्न नसक्दा दर्जनबढी उम्मेदवारहरुको नाम सिफारिस भएका छन्। काठमाडौंमा माओवादी केन्द्र निकै कमजोर रहेको छ भने पार्टी विभाजनले गर्दा एमाले भित्र सहजरुपमा नै उम्मेदवारहरुको नाम सिफारिस भएको छ। त्यसैगरी नेपाली कांग्रेसभित्र भने उम्मेदवार सिफारिस गर्न एकापट्टी पार्टीलाई गठबन्धनको दबाब र अर्कोपट्टी पार्टीभित्रको पुराना नेताहरुको व्यवस्थापनलाई लिएर केही कठिनाईहरु देखिएका छन्।
नेपाली कांग्रेस काठमाडौंले क्षेत्र नम्बर-७ प्रदेश “ख” अन्तर्गत प्रदेश सभा सदस्य उम्मेदवारमा धर्मराज अर्यालको नाम सिफारिस भएको छ । काठमाडौं जिल्ला कार्यसमितिबाट क्षेत्र नम्बर-७ प्रदेश सभा सदस्यका लागि उनी सहित ६ जनाको नाम सिफारिस भएको छ। अर्यालको नाम भने पहिलो नम्बरमा सिफारिस भएको हो। अर्याल काठमाडौं-७ का प्रभावशाली नेताको रुपमा परिचित छन्। उनले आफू उम्मेदवार हुनपाउनुपर्छ भनेर पार्टीमा नाम दर्ता गराएका हुन् । पार्टीले अर्यालको नाममा टिकट दिने कुरामा विश्वस्थ रहेको उनि निकट श्रोतल बताएको छ।
नेपाली कांग्रेसमा २०४७ साल देखि सकृय राजनिति गरेका अर्याल ०५२ देखि साबिक जितपुरफेदी गाउँकार्य समितिमा दुई कार्यकाल इकाई सभापति, ०६२ सालमा एक कार्यकाल काठमाडौं जिल्ला सदस्यमा निर्वाचित , ०६४ सालमा भएको संविधानसभाको निर्वाचन क्षेत्र नम्बर – ७ काठमाडौंको अनुगमन समितिको संयोजक, ०६७ सालमा कांग्रेस काठमाडौं क्षेत्र नम्बर-७ को क्षेत्रीय सभापतिमा निर्वाचित, ०७४ का प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट प्रदेश सभा उम्मेदवार, २०७६ मा नेपाली कांग्रेस राष्टिय जागरण अभियानको दोश्रो चरणको कार्यक्रममा चितवन- ३ ‘क’ मा केन्द्रिय प्रतिनिधिको जिम्मेवारी, ०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तारकेश्वर नगरपालिकामा नगरस्तरीय निर्वाचन परिचालन समितिको संयोजक, ०७९ बैशाख ६ गते नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिको प्रदेश समितिमा मनोनित,२०७९ भाद्र ८ गते जनताको साथमा कांग्रेस अभियान अन्तर्गत दोलखा जिल्ला प्रतिनिधिको जिम्मेवारी पुरा गरिसकेका छन्।
२०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ को ‘ख’ प्रदेश क्षेत्रमा उमेदवार रहेका अर्यालले झिनो मतले पराजित भएका थिए । एमाले माओवादी गठबन्धन रहेको समयमा उनले जित दर्ता गर्न नसकेपनि निकै कडा प्रतिष्पर्धाका बीच थोरै मतले पराजित भएका थिए। क्षेत्र नं. ७ भित्र भएका क्रियाशिल सदस्यहरु को बिबाद , आम कार्यकर्ताहरुको गुनासोलाई सम्बोधन गर्न , राजनैतिक विकृतिलाई निस्तेज पार्न र सबैलाई समेटेर लाने र आउंदै गरेको निर्वाचनमा नेपाली कांग्रेसका सबै तहका उमेदवारहरुलाई जिताउनको लागि धर्मराज अर्यालले प्रदेश सभा सदस्यको लागि बलियो दाबि गरेका छन्। जुन कुरा स्वाभाविक पनि देखिन्छ। कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिक कार्यक्रममा बोल्दै ०७४ को निर्वाचनमा दोश्रो भएको ठाउँमा कांग्रेसका तिनै नेताहरुलाई उठाउनुपर्ने धारणा समेत राखेका थिए। उनि अहिले क्षेत्र न ७ प्रदेश “ख” अन्तरगत निर्विकल्प जस्तै देखिएको कांग्रेस एक नेताले बताए।
अर्यालले पार्टीमा सबैलाई समान व्यवहार गर्नुपर्ने नीति निकै पहिले देखि नै आत्मसाथ गर्दै आएका छन्। उनले १२ औं महाधिवेशन मा सभापति हुदा कुनै पनि साथीहरुलाई काखा र पाखा नगरी सबैलाई समान ब्यबहारमा आफ्ना क्षेत्रका जनताको भलाईमा काम गरेको कांग्रेस स्थानीय नेताहरुले बताएका छन्। अर्यालले पार्टी एबं कार्यकर्तालाई नैतिकता ,वैधानिकता ,समानता र सु-सस्कारको बाटोमा अग्रसर बनाउन , पार्टी भित्र रहेका तमाम बेथितिहरुको अन्त गरी Right man Right Place को नीति अवलम्बन गर्न, तानाशाही एबम् निरंकुश शैलीमा असल कार्यकर्ता लाई क्रियाशील सदस्यबन्ने अबसरबाट बन्चित गरि अपारदर्शीता को प्रदर्शन गरिएकोमा सो को पारदर्शी वितरण गरी पार्टी लाई मजबुत र सबल बनाउन निकै महत्वपुर्ण काम गरेका छन्।
अर्याल लामो समय देखि पार्टीको सक्रिय राजनीतिमा ३२ वर्षदेखि लागिरहेका छन्। उनले पार्टीले दिएको जिम्मेवारी पनि कुशलतापुर्वक निर्वाह गर्दै आएका छन्। अर्याल स्वयम् पनि टिकट पाउने कुरामा बिश्वस्थ देखिन्छन।



