Comments Add Comment

Advertisment

SKIP THIS

गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी

२७ भाद्र , काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक अहिले जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बिहान ८ बजे बस्ने भनिए पनि केहि ढिला गरी सुरु भएको हो।

बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ। आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँड गरेर गठबन्धन जान लागेको हो।

आइतबार सिट बाँडफाँडका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिएका थिए।

जारी बैठक सिट बाँडफाँडमा केन्द्रित रहेको छ। कार्यदलले दिएको सुझावका आधारमा शीर्ष नेताले सिट बाँडफाँड गर्ने भएका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची २ र ३ असोज र प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजमा रहेको निर्वाचन आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै