२८ भाद्र , काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेको छ । उनलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा थप अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको हो । कप्तान लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी भाद्र २१ गते प्रहरी बृत्त, गौशालामा लामिछाने विरुद्ध जाहेरी दर्ता दिएकी थिइन् । घटनाबारे अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौँसँग अनुमति माग गरेको थियो । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन् । उनी क्यारेबियान प्रिमियर लिग खेल्न गएका थिए ।
सामाजिक संजालमा विभिन्न देशका महिलाहरुको फोटो राख्दै उक्त महिलासँग सन्दिपको सम्बन्ध रहेको अफवाहा फैलिदैँ गएको छ । हालै, फेसबुकमा भाइरल भएको एक तस्बिरकि महिला हुन् आर्एचडि । उनी जर्मनीको बर्लिन शहरकि एक चर्चित सुन्दर मोडेल र इन्स्टाग्राम स्टार हुन् । उनी आफ्नो इन्स्टाग्राममा फेसन र फिटनेस आउटफिटमा लुगा लगाएको भव्य मोडलिङ तस्बिरहरू साझा गर्नका लागि परिचित छिन् । शारीरिक बनावट र सुन्दरताका कारण उनलाई इन्स्टाग्राममा झण्डै ८ लाखले फलो गरेका छन् । उनको सामाजिक सञ्जाल पोष्टका अनुसार, उनी यात्रा गर्न र समुद्र तट अन्वेषण गर्न मन पराउँछन् । उनले ८ वर्षको लागि क्यापोइरा खेले र ४ वर्षदेखि एथलेटिक गरिन् । उनी एक फिटनेस उत्साही पनि हुन् जो सामान्यतया जिम जान्छिन् ।

के भन्छन् सन्दिप ?: बलत्कार आरोप लागेका नेपाल क्रिकेट संघ (क्यान)का राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफू निर्दोष भएको बताएका हुन् । लामिछानेले ट्विट गर्दै आफूलाई नेपालको कानूनमा पूर्ण विश्वास भएको र केही दिनपछि सीपीएल छाडेर नेपाल फर्कने बताए। उनले भने, ’म निर्दोष छु र नेपालको सम्मानित कानूनमा पूर्ण विश्वास गर्छु। केही दिनमै सीपीएल छाडेर नेपाल फर्कने निर्णय गरेको छु ।’
कानूनले सबैलाई समान न्याय दिने आश भएको बताउँदै उनले भने, ‘म यी सबै आधारहीन आरोपहरूको सामना गर्न तयार छु। निर्दोषलाई न्याय मिलोस् र कार्यमा सहभागी सबैमाथि सही छानबिन होस्। आशा छ कानुनले सबैलाई समान न्याय दिनेछ ।’ लामिछानेउपर प्रहरी वृत्त गौशालामा गत मंगलबार जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको थियो। मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ पर्ने र प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया त्यसपछि सुरु गर्ने बताएको छ । सन्दिपलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीबाट निलम्बित गरेको थियो। प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्तीकरणी कसुरमा जाहेरी परेको भन्दै क्यानले निलम्बन गरेको हो ।





