उपत्यकामा बिहानैदेखि सवारी आवागमन प्रभावित , बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह -
Comments Add Comment

उपत्यकामा बिहानैदेखि सवारी आवागमन प्रभावित , बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

२९ भाद्र , काठमाडौँ । तपाइँ उपत्यकामा हुनुहुन्छ र आज घरबाहिर निस्कँदै हुनुहुन्छ भने सोच्नुहोला किनकि काठमाडौं उपत्यकाका भित्रीका सडकहरुमा आज पनि सवारी आवागमन प्रभावित बनेको छ । त्यसैले यदि घरबाहिर निस्कँदै हुनुहुन्छ भने ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार वैकल्पिक माग अपनाउनुहोला । नत्र तपाइँ सवारी जाममा पर्न सक्नुहुन्छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्क्ष ली चान्सु नेतृत्वको प्रतिनिधिमण्डलको बुधबार बिहानदेखि नै सवारी आवागमन प्रभावित भएको । बिहान भक्तपुर भ्रमण, दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानेक्रममा उपत्यकामा सवार आवागमन प्रभावित बनेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनाअनुसार बिहान नौ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे तीन बजे आसपास कालिमाटीदेखि महाराजगञ्जसम्मको सडकमा आवागमन प्रभावित हुनेछ । यी स्थानमा सवारी आवागमन प्रभावित हुने भएपछि वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

सूचनामा सवारी आवागमन प्रभावित हुनुको कारण नखुलाइए पनि ‘विशेष कारणबश’ भनिएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ९ बजेदेखि कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर, तिनकुने, जडिबुटी, कौशलटार, मध्यपुर ठिमी र सल्लाघारी क्षेत्रको सवारी साधन प्रभावित हुने छ ।

त्यस्तै आजै दिउँसो साढे ३ बजे आसपासमा कालिमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखि महाराजगञ्जसम्मको सवारी आवागमन प्रभावित हुने सूचनामा उल्लेख छ ।

चिनियाँ प्रतिनिधिमण्डल आउ–जाउ गर्दा मंगलबार पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै