Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको रक चिल्ली रेस्टुरेन्टबाट पेस्तोलसहित २४ वर्षीय युवक पक्राउ

३१ भदौ , काठमाडौ । सशस्त्र प्रहरीले काठमाडौंबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्रको विशेष व्यूरो टोलीले बुधबार दिउँसो ४ः१० बजे काठमाडौं महानरपालिका–१६ स्थित सीतापाइलाबाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंस्थित तारकेश्वर नगरपालिका–३ जितपुर फेदीका २४ वर्षीय सोनाम तामाङ रहेका छन् । सीतापाइलाको रक चिल्ली रेस्टुरेन्टबाट अवैध रुपमा मेड इज जर्मनी लेखिएको लोडेल भरुवा पेस्तोल लिएर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

सो पेस्तोलमा लाग्ने पाँच राउन्ड गोली पनि सशस्त्र टोलीले पक्राउ गरेको छ । उनको साथबाट बा ४९ प ७५६५ नम्बरको मोटरसाइकल, एक थान मोवाइल र म्यागेजिन पनि बरामद गरेको हो । उनीमाथि थप अनुसन्धानका लागि सशस्त्र टोलीले स्वम्भूस्थित प्रहरी वृत्तमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नक्कली नोट सहित पक्राउ