Comments Add Comment

Advertisment

SKIP THIS

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१३ पुष , काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बस्ने २४ वर्षीय सचिन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित निर्माणधिन मेघा होटलको कम्पाउण्डभित्र थापाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment