Comments Add Comment

Advertisment

SKIP THIS

जोकरको सिक्वेल बन्ने , ‘फोली अ डू’ राखियो शीर्षक

२५ जेठ काठमाडौं । सन् २०१९ मा रिलिज भएको हलिउड फिल्म ‘जोकर’ ले राम्रै चर्चा पायो । जोकिन फिनिक्सको अभिनयले पनि उतिकै चर्चा पायो । उनले यसै फिल्म मार्फत अभिनेता तर्फको ओस्कार अवार्ड समेत जिते । टड फिलिप्स निर्देशित फिल्मको सिक्वेल बन्ने भएको छ । दोस्रो सिक्वेलको टाइटल ‘जोकर स् फोली अ डू’ राखिएको छ। जोकरको यस सिक्वेललाई स्कट सिल्भर र फिलिप्सले लेख्ने छन्। ‘जोकर’ सिक्वेलमा पनि जोकिन फिनिक्स नै मुख्य भूमिकामा देखिने समेत फिलिप्सले पुष्टि गरेका छन्।

निर्देशक फिलिप्सले इन्स्टाग्राममार्फत दोस्रो श्रृंखलाको निर्माण गर्ने जानकारी दिएका हुन्। जोकरको सिक्वेल बन्ने खबरले फ्यान उत्साहित भएका छन । सामाजिक सञ्जाल मार्फत उनीहरूले खुशी व्यक्त गरिरहेका छन् । निर्देशक फिलिप्सले पनि सिक्वेल बनाउनुमा आफैँमा चुनौती रहेको बताएका छन् । ‘सिक्वेल दर्शकको डिमान्ड हो । यद्यपि उनीहरूको अपेक्षा पुरा नभए निकै क्षति हुन् सक्छ । त्यसैले मेहनत गरिरहेका छौँ’ निर्देशक फिलिप्सले सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै