Comments Add Comment

Advertisment

SKIP THIS

प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय गीत गुन्जाउँदै सुमित

३० भाद्र , काठमाडौँ । काठमाडौं बासीले गायक सुमित खड्काका राष्ट्रिय गीत संगीतसँगै रमाउन पाउने भएका छन् । शुक्रबार आयोजना हुने खड्काको एकल गायन ‘सुमित खड्का देशको आवाज ३’ नामक कार्यक्रममा सो अवसर मिल्ने भएको हो ।स्पार्क एडभरटाइजिङ प्रालीको आयोजना रहेको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने कार्यक्रममा खड्काले देशभक्तिपूर्ण राष्ट्रिय भावनाले ओतप्रोत आफ्ना १८ बढी गीतहरू प्रस्तुत गर्नेछन् ।

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली लगायत अतिथिको रुपमा सहभागी रहने कार्यक्रमको नारा ‘विश्व शान्तिका निम्ति संगीत’ भन्ने रहेको छ । करिब एकसय भन्दा बढी राष्ट्रमा आफ्नो कार्यक्रम प्रस्तुत गरिसकेका खड्काले कार्यक्रममा हामी पहिले नेपाली, राजनीति भनेको, म हुँ एउटा देश, हिमाल हेरेर, आयो गोर्खाली, वीरको छोरो नेपाली लगायत गीत गाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै