Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी चितवन जिल्ला सहइन्चार्जसहित दर्जन नेता एमालेमा प्रवेश

३० भाद्र , काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी चितवन जिल्ला सहइन्चार्जसमेत उनी बिहीबार एक कार्यक्रमबीच एमालेमा प्रवेश गरेका हुन् ।

पाँच पटकसम्म माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिना तथा नवप्रवेशीलाई अध्यक्ष ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गरेका परियारको माओवादी परित्यागलाई एमालेले उपलब्धिका रुपमा व्याख्या गरेकाे छ । सोही कार्यक्रममा चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।

चितवनबाट ठूलो संख्यामा प्रभावशाली जिल्ला नेताहरु एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । न्यौपानेलाई एमालेले प्रचण्डविरुद्ध उम्मेदवार बनाउन एकल नाम सिफारिस गरिसकेको छ । परियारलगायतका नेताहरुको प्रवेशलाई एमालेका नेताहरुले टे«लरमात्र भएकाे दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै