३० भाद्र , काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज भारी गिरावट आएको छ ।
नेप्से आज ५७ अंकले घटेको हो । आज नेप्से परिसूचक २.८८ प्रतिशतले घटेर १९२४.४८ बिन्दुमा पुगेको छ । आज २३२ कम्पनीका ६९ लाख ४० हजार ५६९ कित्ता सेयर किनबेच भएको छ । आज २ अर्ब १२ करोड ५६ लाख ५५ अजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि २.९१ प्रतिशतले घटेर ३७४.१४ को बिन्दुमा झरेको छ । आज १३ वटा समूहको समूहगत सूचकमा पनि गिरावट आएको छ । आज सबैभन्दा धेरै फाइनान्स समूहको ५.२४ प्रतिशतले घटेको छ ।
आज सिटिजन म्युअल फन्डको सेयर सबैभन्दा धेरै ४.१२ प्रतिशतले बढेको छ । यता एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड सर्वाधिक आठ प्रतिशतले घटेको छ ।


