Comments Add Comment

Advertisment

SKIP THIS

२०७४ को बन्दसूची १ असोज पछि कायम नरहने

३१ भाद्र , काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विसं २०७४ मा राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने भएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ को पत्र तथा भदौ २९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझावसमेतका आधारमा उक्त बन्दसूची स्वतःकायम नरहने समयावधि किटान गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, सङ्घीय संसद् राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनीतिक दललाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै