Comments Add Comment

Advertisment

SKIP THIS

कार्यपालिका सदस्य घर्तीको मृत्यु

१ आश्विन , काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तीको मृत्यु भएको छ । क्यान्सर पीडित ४२ वर्षीय घर्तीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

वाणगंगा नगरपालिका वडा नं १० निवासी घर्ती गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा सदस्य तथा कार्यपालिका सदस्यमा निर्वाचित भएकी थिइन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

उनको मृत्युले स्तब्ध बनाएको वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै