Comments Add Comment

Advertisment

SKIP THIS

राति घरमा कोइला बालेर सुतेका दम्पती मृत भेटिए

१३ माघ , काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझेनी (साँखु) मा आफ्नै घरभित्र दम्पती मृत भेटिएका छन्। ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङ मृतावस्थामा भेटिएका प्रहरीले जनाएको छ। घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ।

बिहान सात बजेसम्म ढोका नखोले पछि जेठो छोरा बर्ष २६ को सूर्य बहादुर थिङले बाहिरबाट ढोका फुटाई हेर्दा दुबैजनाको मृत्यु भएको भनी महानगरीय प्रहरी बृत्त बौद्दमा खबर गरे पछि प्रहरी बृत्त बौद्द र महानगरीय प्रहरी अपराध महाशाखाबाट अनुसन्धाको प्रहरी टोली पुगेको लास जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरी लासलाई पोष्ट मार्टमको लागि त्रि।वि। शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको । घटनाको सम्बन्धमा प्रहरी बृत्त बौद्दबाट थप अनुसन्धान कार्य भई रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment