Comments Add Comment

Advertisment

SKIP THIS

अस्पतालमा भर्ना भएका विरामी खोलामा मृत भेटिए

७ चैत , काठमाडौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत फेला परेका छन् ।

दमको उपचारको लागि चैत ४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्राका ७० वर्षीय लालु नेपाली प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेका हुन् ।

बिरामी लालु चैत ५ गते राति करिब १२ बजेको समयमा अस्पतालबाट बाहिर निस्केका थिए । अस्पतालमा खोज्दा नभेटिएपछि बिरामी कुरुवा बुहारी दुरपतीले प्रहरीलाई खबर गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मृतकका आफन्तले भने अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिनुमा अस्पताल प्रशासनको गम्भीर लापरबाही भएको अरोप लगाएका छन् ।

उनीहरुले उक्त वार्डमा खटिएका स्वास्थ्यकर्मी तथा प्रतिष्ठानको मुल गेटमा खटिएका सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment