Comments Add Comment

Advertisment

SKIP THIS

उद्योग वाणिज्य संघ गोडैताका अध्यक्ष मृत भेटिए

५ चैत, काठमाडौ ।  सर्लाहीको गोडैतास्थित उद्योग वाणिज्य संघ गोडैताका अध्यक्ष उपेन्द्र हजारी मृत भेटिएका छन् । हजारी शनिबार दिउँसो लहरी रोपेको खेतमा मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबार साँझ गोडैता–७ स्थित घरबाट सामान्य अवस्थामा हिँडेका हजारीको शव शनिबार दिउँसो लहरिबारिमा लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

वर्षी ४५ का हजारीको मुखबाट रगत आइरहेको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटना भएको खबरा पाए लगत्तै प्रहरी परिचालन गरिएको र अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर पनि मगाएको उपरीक्षक सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार दिउँसो महिलाहरु घाँस काट्न गएका बेला शव देखेपछि प्रहरीलाई जानकारी आएको हो ।

मृतकका परिवारले हजारी शुक्रबार साँझ घरबाट बाहिर गएको र हजारीको रातिदेखि नै मोबाइल स्विच अफ भएलगत्तै मृतकका परिवारले सर्लाही प्रहरीलाई जानकारी गराएका थिए । मृत्युकाे कारण खुल्न सकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment